कोरोना संक्रमण भएपछि कमल थापा आइसियूमा

२०७७ कार्तिक २, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
काठमाडौं, २ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापामा काेराेनाकाे लक्षण देखिएपछि आइसियूमा उपचार भइरहेकाे छ । चाबहिलस्थित ओम अस्पताल भर्ना भएका थापालाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रस्वासमा समेत केही असहज महसुस हुने लक्षण देखिएकाे अस्पतालद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएकाे छ ।

उक्त लक्षण देखिएपछि अध्यक्ष थापालाइ अस्पताल भर्ना गरिएकाे र हाल आइसियु कक्षमा राखेर उपचार भैरहेको जनाइएकाे छ । उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा.विश्वनाथ कोईराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिष्ट डा.सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।

यद्यपि अध्यक्ष थापाकाे स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ । गत बुधबार स्वास्थ्य परीक्षण गर्दा अध्यक्ष थापामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार