आज गौरादहमा सार्वजनिक बिदा

२०७६ कार्तिक २५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा आज (सोमवार) झापाको गौरादह नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको छ।

किराँत समाजकका सुधारक, मुन्धुम (लिम्बू जातीको वेद) को संरक्षण कर्ता तथा धार्मिक अगुवाका रुपमा फाल्गुनन्दलाई चिनिन्छ ।

किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने विसं २००५ चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए।

किराँत समुदायमा मांसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिएको सन्देशका कारण उनलाई महान् समाज सुधारक मानिएको छ। उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मंसिर १६ गते उनलाई विभूति घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार