sajalsandesh

पञ्जाबको दोस्रो जित, बेङ्ग्लोर ८ विकेटले पराजित

काठमाडौँ, ३० असोज । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा किङ्ग्स इलाभेन पञ्जाबले दोस्रो जितेको छ । बिहीबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जसर्स बैंगलोरलाई ८ विकेटले हराउँदै जित किंग्स इलेवेन पञ्जाबले रोमाञ्चक जित निकालेको हो ।

१७२ रनको लक्ष्यका साथ मैदान पसेको पञ्जाबले मात्र दुई विकेट गुमाएर १७७ रन बनाएपछि जित हात पारेको हो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बैंगलोरका कप्तान विराट कोहलीले ४८ रन बनाए भने क्रिस मोरिसले अविजित २५ रन बनाए। शिमव् दुवेले २३ र आरोन फिन्चले २० रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

यता पञ्जाबका लागि भने मोहम्मद शामी र मुरुगन अश्विनले समान २–२ विकेट लिए। त्यस्तै जवाफी ब्याटिङमा आएको पञ्जाबका कप्तान केएर राहुल सर्वाधिक ६१ रनमा अविजित रहे रभने मयंक अग्रवाल ४५ रनमै आउट भए।

जारी सिजनमा पहिलोपटक देखिएका क्रिस गेलले पाँच छक्काका साथ ५३ रन बनाए। बैंगलोरका चाहलले बाहेक अन्य खेलाडीले विकेट गिराउन सकेनन्।

दोस्रो जितसँगै पञ्जाबले ४ अंक बनाएको छ। ऊ जितका बाबजुद अंकतालिकाको पुछारमा छ। यता पराजित पञ्जाब १० अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ।

तीन खेलमात्र हारेको बैंगलोरलोरले पञ्जाबसँग जारी सिजनका दुवै खेल हारेको छ भने पञ्जाबले बैैंगलोरलाई मात्र हराउन सकेको छ। उसले पहिलो लेगको खेलमा पनि बैंगलोरलाई ९७ रनले हराएको थियो। त्यस्तै ८ खेलबाट १२ अंक बनाएको दिल्ली क्यापिटल शीर्षस्थानमा छ भने ७ खेलबाट १० अंक बनाएको मुम्बई १० अंकका साथ दोस्रो स्थानमा छ।

Facebook Comments
ismt college
dish home