प्रदेशसभा सदस्यलाई फेसबुक चलाउने तालिम

२०७६ कार्तिक २४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – प्रदेशसभा सदस्यहलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल एवं ट्विटर प्रयोग गर्दा ध्यान दिनका लागि तालीम आयोजना गरिएको छ । इनोभेटिभ भिजनद्वारा आयोजित तथा संसद् सहयोग परियोजनाको सहयोगमा सञ्चालित दुईदिने सो तालीममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ ।

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने बताए । उनले समाजलाई अग्रगति दिन सबैले सकारात्मक सोच बनाउनुपर्छ भन्दै पत्रकारिता पनि आग्रह वा पूर्वाग्रहबाट चल्नु हुँदैन भन्ने

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेल, संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लाम्साल, इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देल र संसदीय पत्रकार मञ्चका उपाध्यक्ष बाबुराम भण्डारीले सञ्चारको गलत उपयोग भएमा मानिसको व्यक्तित्व नै धरापमा पर्न जाने भएकाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार