पोर्चुगल र स्पेनको गोलरहित बराबरी

२०७७ आश्विन २२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेका छन।

बुधबार राति भएको खेलमा दुवै टोलीको पटक पटकको प्रयास असफल भएपछि खेल गोलरहित बराबरीमा सकिएको हो।

पोर्चुगलको दुई पटकको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो। उसका क्रिस्टियानो रोनाल्डो र रेनाटो सान्चोजको प्रहार पोस्टमा लाग्दै फर्किएको हो।

यस्तै स्पेनका रोड्रिगो र डानी अल्मोको प्रहार बाहिरिएको थियो।

लिस्वेनमा भएको मैत्रीपूर्ण खेलमा २५ सय दर्शकलाई मैदानमा प्रव्ेश दिइएको थियो।

२०१८ को विश्वकप पछि पोर्चुगल र स्पेनले पहिलोपल्ट खेलेका हुन।

त्यसबेला रोनाल्डोले ह्याट्रिक गरेपछि खेल ३–३ को बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार