गौरादह हत्याकाण्ड : सोधपुछका लागि भन्दै प्रहरीले मृतकका श्रीमानलाई लग्यो

२०७७ आश्विन १५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – गत असोज १२ गते झापाको गौरादहमा आफ्नै घरमा हत्या गरिएकी मनमाया भण्डारीका श्रीमान भीम भण्डारीलाई आज प्रहरीले अनुसन्धानका लागि भन्दै इलाका प्रहरी कार्यालय दमकमा लगेको छ ।

सोधपुछकालागि भन्दै उनलाई प्रहरीले लगेको हो । उनिमाथी विभिन्न कोणबाट अनुसन्धान भइरहेकोले अनुसन्धानकै शिलशिलामा ल्याइएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

६५ बर्षीया मनमायाको गत सोमबार गौरादह १ स्थित आफ्नै घरमा हात बाँधेर हत्या गरिएको अबस्थामा शव भेटिएको थियो । यद्यपि हत्या कसले र के उदेश्यले गरेको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन् । सवाल नेपाल डटकमबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार