प्रगति युवा क्लबको अध्यक्षमा दुलाल

२०७७ आश्विन ९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – दमक २ प्रगति चाैक मिलडाँडामा रहेकाे प्रगति युवा क्लबकाे पहिलाे साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष केदार खनालको सभापतित्व तथा दमक नगरपालिकाकी उपमेयर गिता अधिकारीकाे प्रमुख आथित्यतामा क्लबको पहिलाे साधारण सभा सम्पन्न भएको हो । दमक २ का वडा अध्यक्ष प्रजापति सापकाेटाकाे विशेष आथित्यता भएकाे साधारण सभामा वर्ष भरी गरेकाे कार्यक्रमकाे विवरण सार्वजनिक गरीएकाे थियाे ।

क्लबले साे साधारण सभाबाट १३ सदसीय नयां समिति समेत चयन गरेकाे छ । स्थानिय स्तरमा बिभिन्न समाजिक गतिबिधि गर्ने उध्येश्यले स्थापना भएकाे क्लबकाे नयाँ समितिकाे अध्यक्षमा भरत दुलाल, उपाध्यक्षमा क्रमश पार्वता पाैडेल,सैलस खरेल, महेन्द्र न्याैपाने, सचिबमा सुजन बजगाइ, सहसचिबमा सिता माया दुलाल, काेषाध्यक्षमा गेहकुमारी श्रेष्ठ र सदस्यहरूमा साेमनाथ दुलाल, टिकादेवि श्रेष्ठ, बालकृष्ण दाहाल, झुमा श्रेष्ठ, प्रतिमा दुलाल र ख्याम खनाल रहेका छन् ।

कार्यक्रममा मिलडाँडा टाेल बिकास समितिका अध्यक्ष डिल्लिराम दुलाल, पहिलाे पाइला नेपाल दमक शाखाका अध्यक्ष दिपक खड्का,लायन्स क्बलअफ दमक धनेश्वरका अध्यक्ष किरण भण्डारी लगायतले क्लबका गतिबिधिकाे प्रशंसा गर्दै क्लबकाे माध्यम युवालाई उर्जाशिल कार्यबाट समाजमा परिर्वतन गर्न सकिने बताउदै नवनिर्वाचित सदस्यलाई बधाई साथै शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार