डब्लुएचओ भन्यो, ‘गरिब देशमा ५ डलरमा कोरोना टेस्ट किट उपलब्ध हुन्छ’

२०७७ आश्विन १३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले आगामी ६ महिनामा भित्र १२० मिलियन नमुना परिक्षण गरिने घोषणा गरेको छ ।

डब्लुएचकोका प्रमुख टेड्रोस अढानोम गेब्रेयेससले यस बारेमा जानकारी दिदै गरिब मुलुकहरुका लागि ५ डलरमा कोरोना टेस्ट किट उपलब्ध गराउने समेत बताए । उनले टेस्ट मार्फत बढीरहेको कोरोना माहामारी न्यूनिकरण हुनसक्ने बताए ।

अहिले स्वाब कलेक्सन र नतिजा आउने समयका धेरै लागेका कारण कोरोना फैलिने प्रमुख कारण बनेको बताउदै यसले कोरोना संक्रमण फैलिन रोक्ने बताएका छन् ।

डब्लुएचओका प्रमुख गेब्रेयससले यसका लागि औषधि निर्माण कम्पनी अब्बोट र एसबि बायोसेनसोर र बिल मेलिन्डा गेट्स फाउन्डेसनले सहयोग गर्न सहमत भएको बताएका छन् ।

यस सहमति अनुसार विश्वका अहिले कोरोना महामारीको चपेटामा आएका १३३ देशमा १२० मिलियन परिक्षण गरिने भएको छ ।

एक मिनेटमा नतिजा आउने भनिएपनि १५ मिनेट देखि आधा घण्टासम्म यसले नतिजा दिने गेब्रेयसासले बताएका छन् ।

यस टेस्ट किटलाई ५ अमेरिकी डलरमा उपलब्ध गराउने सहमति भएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार