दैनिक राशिफल : २०७७ साल असोज ११ गते आइतबार

२०७७ आश्विन ११, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

२०७७ साल असोज ११ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउन सकिनेछ भने थप लगानि बढाउने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियालि छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ जिम्मेवारि प्राप्त हुनेछ भने सफलतापुर्वक जीम्मेवारि सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो बाताबरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिष्पर्धिमा हरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सरकारि क्षेत्रमा तपाईको गतिलो उपश्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा मनग्गे लाभ हुनेछ भने अकस्मात आम्दानिमा बृद्धि हुनेछ । अध्ययनमा सुधार भएर जाने योग रहेकोछ । स्वास्थ्यमा सामान्य समस्या आएपनि हल गर्दै अगाढि बढ्न सकिनेछ । दिदि बहिनीहरुको समयोग पाईने हुदा मन प्रशन्न रहनेछ । चिट्ठा तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आम्दानिमा बृद्धि हुने हुदा दैनिकक जीवन सहज रुपमा जीउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । यात्रासँग सम्बन्धीत क्षेत्रमा लगानि गर्दा सामान्य लाभ मिल्नेछ । भौतिक सम्पतिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारि व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाइ लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिष्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावलि पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खेतीकिसानी र पशु(पंक्षिपालन व्यवसायले आर्थिक सन्तुलन मजबुत बन्दै जानेछ । जग्गा जमिनबाट पनि आम्दानीको मार्ग बिस्तार गर्न सकिनेछ । अनावश्यक खर्च नियन्त्रणमा क्षमता बढाउनु पर्नेछ । आमाबाबु र दाजुभाई, दिदीबहिनीबाट सौहार्दपूर्ण व्यवहार नपाईन सक्छ । पतिपत्नीबीचको समझदारीले दाम्पत्य जीवन स्नेहपूर्ण ढंगले व्यतित हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । बिवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई पछि पार्दै तपाईको नाम अग्र स्थानमा आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सबैको सहयोग पाईने हुदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । समय अनुशार बिचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ प्रबिधिको प्रयोग मार्फत व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । समाजसेवामा जनता सँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नया काम पाउेन तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमि काम गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयको गतिसँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा फाईदा हुनेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका आजको दिन उत्तम रहनेछ । बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय खर्चिनु पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । बिशिष्ट व्यात्तिहरुको भेटघाटले व्यावसायमा लगानि बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
– ज्योतिषि गणेश काफ्ले

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार