sajalsandesh
  • Likes
  • Followers
  • Followers
  • Subscribers
  • Followers
  • Likes
  • Followers
  • Followers
  • आइतवार, फाल्गुन १६, २०७७
  • Contact us

सजल सन्देश सजल सन्देश -

  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • विश्व
  • स्थानीय
  • कला
  • विचार
  • थप
    • राशिफल
    • समसामयिक
    • पत्रपत्रिका
सजल सन्देश
  • Home
  • घट्दै सुनको मूल्य

car ads
अर्थ

घट्दै सुनको मूल्य

By Sajal sandesh On८ आश्विन २०७७, बिहीबार ०३:०२
4 4

काठमाडौँ – असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार आठ सय रुपियाँ कायम भएको छ । बुधबार बिहान नेपाली समयअनुसार १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १८८९ डलर पुगेका आधारमा उक्त मूल्य तय भएको हो । नेपालमा सुनको मूल्य भने भारतीय बजारमा भर पर्दै आएको छ ।

300 x 250

यसअघि गत भदौ ३१ गते छापावाल सुनका मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपियाँ कायम भएकोे थियो भने असोज १ गते ९६ हजार छ सय रुपियाँ मूल्य तय भएको थियो । त्यसपछि मङ्गलबार ९५ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

कोभिड–१९ को महामारी फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा नै पहेँलो धातुको मूल्य आकाशिँदै गएपछि नेपाली बजारमा पनि मूल्य बढ्दै प्रतितोला एक लाख तीन हजार रुपियाँभन्दा माथि पुगेको थियो । अहिले तुलनात्मक रूपमा डलर बलियो हुँदै गएको अन्तर्राष्ट्रिय बजारमा नै सुन बोलकबोलबाट बिक्री हुन थालेकाले मूल्य घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा नै आगामी अक्टोबर १५ सम्ममा सुन बजारमा करेक्सन आउने अनुमान गरिएको छ । अहिले दैनिक ४० देखि ५० डलरसम्म मूल्यमा कमी आउन थालेको छ । यस्तै क्रम रहेमा नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँसम्म हुनसक्ने शाक्यको अनुमान रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Facebook Comments
ismt college

अघिल्लो पोष्ट

माैसम बुलेटिन : आज पनि मुलुकभर वर्षा, बाढीपहिरोको जोखिम कायमै

अर्को पोष्ट

कांग्रेस महाधिवेशनः गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी

तपाईं यो पनि मनपराउन सक्नुहुन्छ थप जानकारी
अर्थ

सात महिनामा आठ खर्बको आयात

अर्थ

शेयरबजारमा फेरि नयाँ रेकर्ड, नेप्से २६ सय बिन्दुमाथि

अर्थ

रु ७०० ले उकालो लाग्यो पहेँलो धातु

अर्थ

सुनको भाउ स्थिर

Prev Next
dish home

भर्खरको पोष्ट

युभन्टेस बराबरीमा रोकियाे

१६ फाल्गुन २०७७, आईतवार ०२:४१

नदीमा डोजर

१६ फाल्गुन २०७७, आईतवार ०२:११

विद्या भण्डारीको तदारुकता- विघटन गर्दा तत्कालै, अधिवेशन…

१६ फाल्गुन २०७७, आईतवार ०२:०९

श्रीलंकाका जेलमा २६ नेपाली महिला

१६ फाल्गुन २०७७, आईतवार ०२:०८

अब गाउँ र सहर छुट्याइने

१६ फाल्गुन २०७७, आईतवार ०२:०६

अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

१६ फाल्गुन २०७७, आईतवार ०२:०४
Loading ... अधिक पोष्टहरू लोड गर्नुहोस् No More Posts
dish home
हाम्रो बारेमा

गौरादह मिडिया प्रा. लि द्वारा संचालित सजल सन्देश डटकम

संचालक

सन्तोष बिष्ट

सम्पर्क : ९८६५०६०४६० 

 

 

 

© 2021 - सजल सन्देश. All Rights Reserved.
digitalpravidhi: digitalpravidhi
new ad
Sign in

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.