माैसम बुलेटिन : आज पनि मुलुकभर वर्षा, बाढीपहिरोको जोखिम कायमै

२०७७ आश्विन ८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैँ – मौसममा देखिएकाे खराबीका कारण केही दिनदेखि निरन्तर झरी परिरहेकाे छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको र याे यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दै गरेकाे जल तथ माैसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार साेही न्यूनचापीय रेखाकाे प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानहरुमा वर्षा भइरहेकाे छ ।

विभागले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भैरहेको जनाएकाे छ । अविरल वर्षाका कारण कतिपय स्थानमा बाढी-पहिराेकाे समेत जाेखिम रहेकाे बताइएकाे छ ।

आज (बिहीबार) दिनभरजसाे नै देशभर सामान्यदेखि पुर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ । विभाग सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बिहीबार राति पनि देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का तथा मध्यम वर्षा हुनेछ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सबै प्रदेशका धेरै स्थानमा भारी वर्षाका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार