गौरादहमा पनि गुन्जियो ‘गो ब्याक इन्डिया’ को नारा

२०७६ कार्तिक २३, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाइएको भन्दै गौरादहमा पनि ‘गो ब्याक इण्डिया’ को नारा लगाइएको छ । नागरिक समाजको अगुवाईमा ‘गो ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको कालो ब्यानरसहित शनिवार प्रदर्शन भएको हो।

विरोध र्‍यालीपछि गौरादह बजारमा आयोजित कोणसभामा बोल्दै नागरिक अगुवाहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन्।

उनीहरुले भारतको विस्तारवादी नीतिको विरोध गर्दै नेपालको भूभाग भारतीय नक्साबाट हटाउन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार