विद्या भट्टराईलाई साथ दिँदै प्रचण्डकी जेठी बुहारी सृजना राजनीतिमा सक्रिय

२०७६ कार्तिक २३, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जेठी बुहारी सृजना त्रिपाठी राजनीतिमा लागेकी छन् । प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालका दुई श्रीमतीमध्ये एक विना मगर हाल खानेपानी मन्त्री छन् । तर, गुमनाम जस्तै भएर बसेकी जेठी बुहारी सृजना अब राजनीतिमा लाग्न थालेकी हुन् । प्रकाश दाहालको भने दुई वर्ष अघि निधन भएपछि एक्लो महसुस गर्दै आएकी सृजना अब राजनीतिमा सक्रिय हुन थालेकी हुन् ।

एक छोराकी आमासमेत रहेकी सृजना यतिखेर चुनावी प्रसार प्रचारमा लागेकी छन् । पोखरामा बस्दै आएकी उनी कास्की २ की नेकपा उम्मेदवार विद्या भट्टराईलाई साथ दिँदै चुनावी प्रसारमा लागेकी हुन् । विद्या स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

प्रचण्ड परिवारका अधिकांश सदस्य राजनीतिमा छन् । प्रचण्डकी छोरी रेणु भरतपुर महानगरकी मेयर हुन् भने अर्की छोरी प्रचण्डको निजी सचिवालयमा कार्यरत छिन् । यस्तै कान्छी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् भने अब जेठी बुहारी सृजना पनि राजनीतिमा लागेकी हुन् । बिना र सृजना प्रकाशकी श्रीमती हुन् । प्रचण्डका भाइदेखि ज्वाइँ पनि राजनीतिमै छन् ।

परिवारका अधिकांश सदस्य राजनीतिमा लाग्दा सृजना पोखरामा बस्दै आएकी थिइन् । अब भने उनी पनि राजनीतिमा सक्रिय हुन थालेकी हुन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी विद्यासँग सृजना पनि चुनावी कार्यक्रममा हिँडेकी छन् । विद्यासँगको घरदैलो कार्यक्रम त्रिपाठी खटिएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार