लगातारको अतिक्रमणले साँघुरिँदै टुँडिखेल, मासिँदै खुला स्थान

२०७६ कार्तिक २३, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ ।

काठमाडौँको मध्य भागमा ठूलो क्षेत्रमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको हो ।

जसका कारण टुँडिखेल साँघुरिँदै जान थालेको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जना थालेपछि काठमाडौँ उपत्यका निसासिने अवस्थामा पुगेको छ ।

संरक्षण अभियन्ताहरु टुँडिखेललाई प्राकृतिक फोक्सोका रुपमा लिन्छन् । यो समचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार