कम्युनिस्टहरुको विजययात्रालाई कसैले रोक्न सक्दैन

२०७६ कार्तिक २३, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको लोकप्रियता कायम राख्न पनि उपनिर्वाचन जित्नपर्ने बताएका छन् ।

शुक्रबार पोखरामा नेकपा कास्कीको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आसन्न निर्वाचन जुनसुकै हालतमा पनि नेकपाले जित्नपर्ने बताए ।

उनले उपनिर्वाचनकाक्रममा घात–अन्तर्घात गर्नेलाई कडा कारबाही गरिने चेतावनीसमेत दिए ।

उपनिर्वाचनले देशभरिका नेता–कार्यकर्ता र जनतामा नयाँ ऊर्जा दिएको भन्दै उनले कम्युनिस्टहरुको विजययात्रालाई कसैले रोक्न नसक्ने ठोकुवा गरे ।

अध्यक्ष दाहालले निर्वाचनकाक्रममा सरकारले गरेका राम्रा कामहरू जनताको घर–घरमा पुगेर प्रचार गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

उनले यही कात्तिक २५ गतेभित्र पार्टी एकताका सम्पूर्ण प्रक्रियाहरु टुंग्याउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार