‘प्रिय तिमी…’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – ‘प्रिय तिमी…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् ।

रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ ।

भिडियोमा करण धिताल र रोजु श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् ।

यस्तै सन्तोष किराती, ईन्द्र गुरुङ, सुरज प्रदान, डेरियन गुरुङको पनि अभिनय रहेको छ ।

मुहा क्रियसनको सम्पादन, अर्जुन सेन्चुरी र मुहासिङ थापा मगरको छायांकन रहेको छ भने सुरज प्रदानले ड्रोन सम्हालेका छन् ।

पारिवारिक कथामा निहित रहेर तयार पारिएको भिडियोलाई गायक तथा संगीतकार देव गुरुङले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार