नेमार र डि मारियालाई कोरोना संक्रमण

२०७७ भाद्र १७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेमार, मिडफिल्डर डि मारिया र लिएनार्दो पाराडेसलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ। क्लबले बिहान सबै खेलाडीको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो।

उनीहरु फुटबल सिजन सकिएपछि सँगै बिदा मनाउन स्पेनिस आइसल्याण्डमा गएका थिए। उनीहरुसँगै गएका एन्डर हेरेरा, माउरो इकार्डी र केलर नाभासको स्वास्थ्य अवस्थाबारे भने जानकारी आएको छैन।

च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिकसँग पराजित भएको केही दिनमा नै उनीहरु बिदा मनाउन गएका थिए। अहिले सेप्टेम्बर १० मा नयाँ सिजनको पहिलो खेल खेल्नुपर्ने पिएसजी समस्यामा पर्ने देखिएको छ।

अहिले संक्रमण देखिएका खेलाडीहरु सेल्फ आइसोलेसनमा बसिरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। क्लबले तीन जना खेलाडीमा संक्रमण देखिएको पुष्टी गर्दै केही दिनभित्र बाँकी सबैको परीक्षण गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार