भारतको दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्छ – गगन थापा

२०७६ कार्तिक २२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – कांग्रेस नेता एवम् पूर्वमन्त्री गगन थापाले सीमा विवादको विषयमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्। शुक्रबार झापामा पत्रकारसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा राख्नु भारतीय दादागिरी हो’, नेता थापाले भने, ‘भारतको यो चरम दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्छ।’

शुक्रबार बिहान झापाको विर्तामोडमा पत्रकारसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्। सीमा विवादका विषयमा सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।

‘प्रतिपक्ष कांग्रेसलगायत, आम नागरिकले समेत सीमा मिचिएको विषयमा सडकमा नै आएर धारणा व्यक्त गरिसकेका छन्’, उनले भने, ‘तीनै धारणाको बलमा नेपाल सरकारले भारतसँग बलियो रुपमा कुरा गर्नुपर्छ।’

पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि हुने उपनिर्वाचनको प्रचार प्रसारमा गरेर थापा शुक्रबार फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार