sajalsandesh

गौरादहमा हालसम्म १ हजार २ सय १५ जनाको पीसीआर परीक्षण

झापा – गौरादहबाट बिहीबार ९० जनाको स्वाब संकलन गरि पिसिआर विधिबाट परीक्षण गर्न वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।

जसमा २० महिला र ७० पुरुष रहेका छन् ।

गौरादह कृषि क्याम्पसको क्वारेन्टाइनमा बसेका १६ जना र समुदायमा रहेका ७४ जनाको स्वाव परिक्षणका लागि पठाईएको नगर स्वास्थ्य शाखा गौरादहले जनाएको छ ।

स्वास्थ्य शाखाका अनुसार आज पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएका व्यक्तिहरु गौरादह १, २, ३, ४ र ७ नं. वार्डका हुन् ।

गौरादह नगरपालिकाले हालसम्म १ हजार २ सय १५ जनाको पीसीआर परीक्षण गरिसकेको जनाएको छ ।

ismt college
dish home