झापामा स्थानीय र प्रहरीबीच झडप, १० राउन्ड हवाई फायर

२०७७ भाद्र १०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – झापाको झापा गाउँपालिका ३ मा प्रहरी र स्थानीयबीचको झडप हुँदा प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ ।

गोरु काटेको अभियोगमा २ जनालाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो ।

बुधबार दिउँसो अन्दाजी २५० जनाले प्रहरी टोलीमाथि आक्रमण गरेकाले हवाई फायर गर्नुपरेको प्रहरीको भनाइ छ । स्थानीयको आक्रमणबाट एक जना सहस्त्र प्रहरी जवान घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार