गौरादह जेसिजले आयोजना गरेको टिकटक प्रतियोगिता विवादमा

२०७७ भाद्र १०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा – महिलाहरुको ठुलो चाड हरितालिका तीजका अवसरमा गौरादह जेसिजले आयोजना गरेको टिकटक प्रतियोगिता विवादमा परेको छ । प्रतियोगिताको नतिजा सार्वजनिक भएसंगै गौरादह जेसिजको निष्पक्षता माथि प्रश्न समेत उठेको छ ।

गौरादह जेसिजलाई जनमतको कदर नगरेर ‘सेटिंग’का आधारमा नतिजा निकालेको आरोप छ । ‘जनताले रुचाएका भन्दा जेसीहरुले रुचाईएकालाई बिजेता’ बनाईएको भन्दै यति बेला सामाजिक संजालमा आक्रोश पोखिन थालेको छ ।

हेर्नुस सामाजिक संजालमा आएका केहि प्रतिक्रियाहरु :

‘रियल परफरमेन्सका आधारमा विजेता घोषणा गरेका हौ’ : जेसिज अध्यक्ष श्रेष्ठ

गौरादह जेसिजका अध्यक्ष ताराकुमार श्रेष्ठ सेटिंगमा नभएर निर्णायक मण्डलीले गरेको निर्णय अनुसार नै विजेता घोषणा गरेको बताउछन । सामाजिक संजालमा प्रभाव पार्न सक्ने प्रतियोगीलाई भन्दा उसको सम्पूर्ण परफरमेन्सका आधारमा विजयी घोषणा गरिएको उनको भनाई छ ।

लिप सिङ्ग र फेसियल एक्सप्रेसनमा ३० प्रतिशत, गीत छनौटमा १०, भेषभूषामा २०, शारीरिक हाउभाउमा ३० र जनतालाई १० प्रतिशत निर्णय गर्ने मत दिईएको उनले बताए ।

विगतमा गौरादह जेसिजले गरेको वक्त्तिव्कला प्रतियोगिताकै नियम अनुसार टिकटक प्रतियोगिता गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार