गौरादहमा बिहान ९ बजेसम्म मात्रै तरकारी र खाद्यान्न पसल खुल्ने

२०७७ भाद्र ७, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – लकडाउन गर्ने निर्णयसंगै गौरादह नगरपालिकामा बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै साग सब्जी, माछा मासु र खाद्यान्न पसल संचालन हुने भएको छ ।

गौरादह नगरपालिकामा आज बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

यो व्यवस्था लागु गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिईएको नगरप्रमुख रोहित कुमार शाहले बताए ।

उनका अनुसार औषधी पसल, भेटेनरी तथा कृषि सामाग्री पसलका सवालमा भने व्यवस्था लागु हुने छैन ।

औषधी पसल, भेटेनरी तथा कृषि सामाग्री पसल दिनभर संचालन हुन् पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार