sajalsandesh

भोलीदेखि गौरादहमा लकडाउन

झापा – गौरादह नगरपालिकामा आज बसेको सर्वपक्षीय आपतकालीन बैठकले  भदौ ८ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

गौरादह विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछी सो निर्णय गरिएको हो ।

आइतबार प्राप्त कोरोना परिक्षण रिपोर्ट अनुसार विद्युत प्राधिकरण कार्यालय गौरादहका १ जना र कृषि क्याम्पसको क्वारेन्टिनमा रहेका १ जना गरि जम्मा २ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै गौरादहमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ जसमा १७ जना कोरोना जितेर घर फर्किसकेका छन्  ।

संक्रमण पुष्टी भएका विद्युत कार्यालयका कर्मचारीको घर कचनकवल भएपनि गौरादह-३ मा डेरामा बस्दै आएको जनाइएको छ ।

यस्तै क्वारेन्टाइन बसी संक्रमण पुष्टी भएका व्यक्ति भने पाहुना हुन् । उनको घर भारतको आसाम राज्यमा हो ।  उनि उपचारको सिलसिलामा नेपाल आएको जनाईएको छ ।

बैठकले अत्यावश्यक कार्यबाहेक विहान ६ देखि ९ बजेसम्म तरकारी र खाद्यान्न पसलमात्र खुल्ला राख्ने तथा वैंक वित्तिय संस्थाहरू विहान १० बजेदेखि १ बजेसम्म खुल्ला राख्ने निर्णय गरेकाे छ ।

आजको बैठकले गाैरादहमा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय झापामा अनुराेध गर्ने निर्णय समेत गरेको छ  ।

हेर्नुस निर्णय :

 

*सम्पादन गरिएको 

 

ismt college
dish home