दमकमा लकडाउन भदौ १३ गतेसम्म थपियो

२०७७ भाद्र ६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको दमक नगरपालिकाले लकडाउन थप गरेको छ । आज मेयर रोमनाथ ओलीको अध्यक्षतामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितीको बैठकले कोरोना संक्रमित बढेको भन्दै लकडाउन भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन गर्ने निर्णय गरिएको थियो । त्यसको समयसिमा आज सकिदै थियो तर आज नै थप १६ जनामा कोरोना पुष्टि भएपछि नगरपालिका लकडाउन थप गर्ने निष्कर्षमा पुगेको हो ।

आज आएको रिर्पोट अनुसार नेपाल बिधुत प्राधिकरणका ७ कर्मचारी, ८ जना प्रहरी र दमक फार्मेसीका १ गरी थप १६ जनामा कोरोना पुष्टि भएको छ ।

दमक फार्मेसीका एक पुरुषमा कोरोना देखिएसँगै फार्मेसी सिल गरिएको छ । योसँगै दमकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ । दमकमा समुदायमा पनि कोरोना सङ्क्रमितहरू फेला पर्न थालेका छन् ।दमकमा संक्रमितको संख्या भुसको आगो झै सल्किरहेको छ ।

दमक फार्मेसीका पुरुषमा कोरोना देखिएसँगै फार्मेसीको कन्ट्याक्ट ट्रेसिङ गर्न गाह्रो हुने देखिएको छ । किन कि त्यहाँ औषधी किन्न र जाँच गराउन दैनिक सयौँ बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार