मनकारीहरुको सहयोगले मादेनमा बाच्ने आशा पलायो

उर्लाबारी – ठुलो आन्द्रामा क्यान्सर रोग लागेर उपचाररत मोरङ उर्लाबारी—९ आम्बारीका नारायण सिंह मादेनको उपचारमा देशवि

२०७७ भाद्र ६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
  • तेजन खड्का

उर्लाबारी — ठुलो आन्द्रामा क्यान्सर रोग लागेर उपचाररत मोरङ उर्लाबारी- ९ आम्बारीका नारायण सिंह मादेनको उपचारमा देशविदेशबाट लाखौं सहयोग जुटेको छ । कोरोना भाईरसको सन्त्रास अनि लकडाउनको सकसका विच पनि उहाँको उपचारका लागि सहगोगी मनहरु कतिपनि बिचलित हुनुभएन् ।

गीता मगर शेर्पा,गंगा प्रसाद याख्या, राजिब लिम्बू,सृजना सुब्बा,दिनेश थापा जस्ता थुप्रै अगुवाईकर्ता र सहयोगी दाताहरु सहयोगको लागि जुर्मुराउनुभयो ।

स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई,आफन्तजन,शुभेच्छुकबाट ८ लाख क्रस सहयोग जुटेको छ, नारायण सिंह मादेन उपचार सहयोग संकलन समितिका संयोजक भक्त पन्धाक भन्नुहुन्छ,‘ अहिलेको यो कठिन समयमा उच्च सहयोग जुट्नु हाम्रो लागि अकल्पनिय नै हो ।

भक्तका अनुसार गाउँठाउँको बाजे बिरामी हुनुभयो । समिति बनाएर गाउँघरमा सहयोग संकलन गरिने निधो गरियो । सबैले भक्तले नै नेतृत्व गर्छ भनेपछि समितिको संयोजकको जिम्मा नि आफैमाथि आईलाग्यो ।

के गर्ने कसरी सहयोग जुटाउने कुनै हेक्का थिएन, भर्खरै आफ्ना खुट्टामा उभिन तयार गरिरहेका भान्जाहरु शन्देश र प्रमेशमाथि ठुलो बज्र नै आईलागेको भान भयो । उपचारमा घरको जायजेथा धेरै सकिसकेको र आफैलाई मात्र मेन्टिनेन्स हुने जवले के गर्न सक्थेर उनीहरु ।

बिभिन्न सञ्चारमाध्यमा नारायण सिंह मादेनको समाचार आएपछि सोहि समाचार देखाएर देशविदेशमा हुनुहुने साथीभाईलाई हार गुहार गरेको भक्त बताउनुहुन्छ । ‘साथीभाई आफन्तजनहरुले हाम्रो अनुरोध स्वीकारी दिनुभयो, हामीले पनि हिजोका दिनमा विदेशमा हुँदा सहयोग गरेका थियौं, भक्त भावुक हुँदै भन्नुहुन्छ, हाम्रो बचन कतिपनि खेर गएन, हामीले पनि साथीभाई कमाइएको रैछ , सोचे भन्दा धेरै सहयोग जुट्यो । यसो भनिरहँदा भक्तको छाती गर्वले चौडा हुन्छ ।

समितिका संयोजक भक्त हरेक दिन जसो सहयोग गर्नेको नामवली अपडेट सहित धन्यवाद दिने, सहयोगको अपिल गर्ने काममा नै ब्यस्त हुनुभयो । विरामीको नाममा आएको रकम निकाल्ने हस्तान्तरण गर्ने काममा निक्कै व्यस्त मात्र हुनुभएन्, मध्यरातमा सहयोगको लागि आउने कल उठाउन र जवाफ फिर्काउन पनि अनिदो हुन्छ नभनि लाग्नुभयो । किनकी जसरी भएपनि यो अभियानलाई सफल बनाउनुथियो, भक्त भन्नुहुन्छ ।

गाउँठाँउको पिडामा पल्हम पट्टी लगाउन अग्रसर हुँदा मनमा आत्मिक शान्ति मिल्ने भक्त बताउनुहुन्छ । हाम्रो सहयोगले कसैको जिवनमा खुशी मिल्छ भने खुशीको निम्ति लागि पर्ने हामीमा झन कति खुशी अनि सन्तोष मिल्ला आफै सोच्नुहोस न, तपाईलाई यो अभियान सफल भएकोमा कतिको खुशीको लागेको छ भन्ने प्रश्नमा भक्तले यस्तो उत्तर दिनुभयो ।

घरको जायजेथा सकिदै, ऋण पान हस्पिटलको बसाईले निराश नारायण सिंहका छोराहरुको मुहारमा चमक देखिन थालेको छ ।

सबै भन्दा साह्रो ढुङ्गा,ढुङ्गा भन्दा साह्रो नहुनु , आर्थिक अभावले उपचार कसरी गर्ने मेलोमेसो नै नपाएपछि दोधारमा रहेका मादेन परिवारका छोरा सन्देश भन्नुहुन्छ, अहिलको यो कठिन परिस्थिीतीमा सहयोगीदाता भगवान बनेर आउनुभयो, यो गुन हामी कहिले तिर्न सक्दैनौ ।

सन्देश भन्छन्, हजुरहरुको सहयोगको निम्ति लाखौं पटक धन्यवाद दिँदा पनि अधुरै हुन्छ ।

हाल नारायण सिंह मादेनको स्वास्थ्यमा निक्कै सुधार भईरहेको छ । ‘आर्थिक अभावमा उपचार रोकिन्छ कि भन्ने लागेको थियो, नारायणले हस्पिटलको बेडबाट भन्नुभयो, मेरो लागि सबैले सहयोग गरिदिनुभयो, धेरै धेरै धन्यवाद छ , बाँच्ने आशा निक्कै पला्एको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार