विराटनगर महानगरपालिकामा पाँच दिन निषेधाज्ञा

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर महानगरपालिकाभरि पाँच दिनसम्म निषेधाज्ञा जारी गरिएको छ।

मेयर भीम पराजुलीका अनुसार भदौ १० गतेसम्म लागू हुनेगरी महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको हो। बढ्दो कोरोना संक्रमण र मृत्युदरपछि केही दिन निषेधाज्ञा लगाउने निर्णयमा स्थानीय प्रशासन पुगेको हो।

महानगरले जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रलाई निषेधाज्ञा जारी गर्नुपर्ने राय पेश गरेको थियो।

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा, सवारीसाधन बन्द गरिने प्रशासनले जनाएको छ। विराटनगर महानगरमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार