गौरादह : सुशासनका लागि संघर्ष समिति पुनर्गठन

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – गौरादह नगरपालिकामा हुने गरेको अनियमितता र अपारदर्शीताको शृङ्खला रोक्न नागरिक खबरदारी गर्दै आएको सुशासनका लागि संघर्ष समितिलाई पुनर्गठन गरिएको छ ।

समितिको संयोजकमा राजकुमार दाहाल र सह-संयोजकमा अनिश कार्कीलाई निरन्तरता दिदै समितिलाई बिस्तार पनि गरिएको छ ।

यसअघि समितिमा संयोजक र सह-संयोजक मात्र तोकिएको थियो ।

शुक्रबार भएको भेलाले समितिको सचिवमा देबेन्द्र खड्का, कोषाध्यक्षमा प्रकाश बास्कोटालाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा सुमन श्रेष्ठ, सुजन बिष्ट, सरोज दाहाल, समिर संग्रौला र कृष्ण ढुंगाना चयन भएका छन ।

त्यस्तै भोजराज दाहाल, सुरेश बहादुर पौडेल, अर्जुन लोहनी, चर्कपाणि बराल, डण्डीराज घिमिरे, बाल्मिकी बस्नेत, गोबिन्द घिमिरे र कृष्ण बहादुर कार्की रहने गरि सल्लहाकार समिति समेत गठन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार