दाँतकाे आर‍. सि. टि किन गरिन्छ ?

दाँतलाई सकेसम्म दन्तचिकित्सकले बचाउने प्रयत्न गर्दछन्। दाँत हाम्राे शरिरकाे महत्वपुर्ण अङ्ग हाे। दाँत धेरै नै बलियाे पदार्थले बनेकाे भएपनि शरिरभन्दा बाहिरि वातावरणसँग सम्पर्कमा रहने भएकाेले जतिबेलै जाेखिममा हुन्छ। मुखबाट हाम्राे पाचनप्रणा

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
  • डा.टंक नेउपाने ( सिनियर डेन्टल सर्जन)

दाँतमा किरा लागेर दाँतकाे नशालाई पनि गम्भिर असर पुर्याइसकेकाे बेलामा आर‍. सि. टि. (RCT – Root Canal Treatment) गरिन्छ। यस उपचार विधिमा दाँतमा लागेका सम्पुर्ण किटाणुहरु र कमजाेर भागलाई हटाइ दाँतकाे जरामा भएका नशाका नलिहरुलाई पनि किटाणुरहित बनाएर त्यसमा हाम्राे शरिरसङ्गत (biocompatible) रसायनिक पदार्थले भरेर दाँतलाई पहिलेकै बलियाे आकारमा फर्काइन्छ।

दाँतलाई सकेसम्म दन्तचिकित्सकले बचाउने प्रयत्न गर्दछन्। दाँत हाम्राे शरिरकाे महत्वपुर्ण अङ्ग हाे। दाँत धेरै नै बलियाे पदार्थले बनेकाे भएपनि शरिरभन्दा बाहिरि वातावरणसँग सम्पर्कमा रहने भएकाेले जतिबेलै जाेखिममा हुन्छ। मुखबाट हाम्राे पाचनप्रणाली र श्वासप्रश्वासप्रणाली सुरु भएकाे हुन्छ। अतः हाम्राे शरिर स्वस्थ रहनका निमित्त मुख स्वस्थ हुनु अतिआवश्यक छ।

दाँतले खानेकुरालाई साना साना भागमा टुक्राएर पाचनप्रणालीलाई सहज किसिमले पाेषक तत्व शाेष्न मदत गर्दछ। दाँतले त, थ, द, ध आदि दन्त्य स्वर निकाल्न प्रमुख भुमिका खेलेकाे हुन्छ। यसका साथसाथै दाँतले मानिसलाई सुन्दर नि बनाएकाे हुन्छ। आखिर सबैभन्दा अमुल्य गहना – सुन्दर मुस्कान कसलाई पाे सुहाउँदैन र!

दाँतकाे नशासम्म किटाणुहरु नपुगेकाे भए दाँतकाे किटाणुहरुलाई निकालेर निश्चित रुपकाे डिजाइनअनुसार दाँतमा खाल्डाेजस्ताे आकार बनाइ शरीरसङ्गत रसायनिक पदार्थले भरेर दाँतकाे उपचार दन्तचिकित्सकले गर्दछन्। तर किटाणुहरु नशासम्म पुगिसकेकाे भए आर‍. सि. टि. (RCT – Root Canal Treatment) गरेर नै दाँतलाई बचाउनुपर्ने हुन्छ।

उपचार विधि

याे उपचार विधिले दुखाइकाे स्थायी उपचार गर्दछ। याे उपचार बिरामीलाई नदुख्ने किसिमले दन्तचिकित्सकले गर्दछन्। याे उपचार पुरा गर्न केहि दिनकाे अन्तराल राखि कम्तिमा ३ देखि ४ पटक दन्तचिकित्सकले बिरामिलाई बाेलाउँदछन् र चरणबद्ध रुपमा उपचार गर्दछन्।

१. एक्स रे लिएर दन्तचिकित्सकले राेगकाे प्रकृति पत्ता लगाइसकेपछि सबैभन्दा पहिले अावश्यकता अनुरुप नदुख्ने अाैषधि राखिन्छ।

२. त्यसपछि एकदमै ध्यानपुर्वक दाँतमा लागेकाे किटाणु र कमजाेर भाग यन्त्रद्वारा निकालिन्छ।

३. त्यसपछि दाँतमा सियाेजस्ताे साधन राखेर एक्स रे लिएर जराकाे नलिकाे नाप पत्ता लगाइन्छ। र विभिन्न चरणमा निश्चित तकनिक र औजार साथै रसायनिक पदार्थकाे प्रयाेग गरि जराकाे नलिलाई निश्चित आकार प्रदान गरि किटाणुरहित बनाइन्छ।

४. त्यसपछि दाँतकाे जराकाे नलिमा शरीरसङ्गत पदार्थ राखि भरिन्छ र दाँतलाई पहिलेकै प्राकृतिक आकार दिइन्छ। दाँतमा आवश्यकता अनुसार क्राउन (दाँतकाे बाहिरबाट लगाइने दाँतजस्तै आकारकाे बलियाे खाेल) लगाउनुपर्ने हुनसक्छ।

–  सर्जन नेउपाने आमा डेन्टल दमक -६ मा सेवारत हुनुहुन्छ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार