आज हरिबोधिनी एकादशी

२०७६ कार्तिक २२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धादिङ – आज कार्तिक शुक्लपक्ष अर्थात भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी एवम् श्री विष्णुको विशेष अर्चना पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भन्ने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

हरिबोधनीमा उपवास बसी नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार