बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीलाई सेल्फीले भेटाइदियो

२०७६ कार्तिक २२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – दक्षिण अफ्रिकाको केपटाउनमा १७ वर्ष पहिले बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीलाई सेल्फीले भेटाइदिएको छ । जन्मिएको तीन दिनपछि कान्छीलाई एक नर्सले चोरेर लगेकी थिइन् । संयोगले दुवै जना एउटै स्कुलमा भेटिए । केपटाउनकी बेटी मिसेले सन् १९९७ को अप्रिल ३० मा कान्छी छोरी जन्माएकी थिइन् । त्यति बेला उनकी जेठी छोरी तीन वर्षकी मात्र थिइन् ।

२० वर्षकी मिसे ज्वानस्वाक हाइस्कुलको अन्तिम वर्षमा हुँदा त्यहाँ क्यसिडी वा उनकी बहिनी पनि भर्ना हुन्छिन् । उनीहरुका साथीहरुले तिमीहरु एस्तै देखिन्छौँ, केही नाता छ कि भनेर सोधिरहेका हुन्छन् । साथीहरुले निकै सोधेपछि एक दिन मिसेले सेल्फी खिचेर आफ्ना आमाबाबुलाई देखाउँछिन् । त्यसपछि उनकी आमाले भन्छिन्– यो त हाम्रो हराएकी छोरी हुन् ।

यो कुरा प्रहरीमा उजुरी गरिन्छ । उनीहरुको डिएनए परीक्षण हुन्छ । त्यसपछि ती दुई युवती दिदीबहिनी भएको पुष्टि हुन्छ । कान्छीलाई चोर्ने नर्सलाई चाहिँ त्यहाँको अदालतले १० वर्षको जेल सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार