पछिल्लो २४ घण्टामा थप तीन कोरोना संक्रमितको मृत्यु

२०७७ भाद्र १, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा जागेश्वर गौतमले थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे।

मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरूष, मोरङका ६० वर्षीय पुरूष र काठमाडौंकी ५८ वर्षीया महिला छन्।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार