निषेधाज्ञा उल्लंघन हुन थालेपछि विरगञ्जमा सेना परिचालन

२०७७ श्रावण ३२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वीरगञ्ज- निषेधाज्ञा उल्लंघन हुन थालेपछि स्थानीय प्रशासनले वीरगञ्जमा सेना परिचालन गरेको छ। निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालित हुने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।

कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिले साउन १८ गते बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि पर्सा जिल्लाभरि निषेधाज्ञा लागू गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार