वडा सदस्यलाई अपशब्द प्रयोग गर्ने युवक पक्राउ

२०७७ श्रावण ३२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कञ्चनपुर-कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

घरमै बसिरहेका बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११ बजे अपशब्द बोल्दै हातपात गर्ने प्रयास गरेका थिए। उनीहरुमध्ये २७ वर्षीय कालु ओडलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताए।

अर्का दीपक ओड फरार रहेकाले खोजी भइरहेको उनले बताए। रातिको समयमा मदिरा सेवन गरी वडा सदस्य ताम्राकारको घरमै गएर दुवै जनाले गालीगलाैज गर्नुका साथै हातपात गर्ने प्रयास गरेको बताइएकाे छ। प्रहरी निरीक्षक धामीले भने, ‘गालीगलौज गरी अभद्र व्यवहार गर्नेमाथि कानूनअनुसार कारवाही हुन्छ।’रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार