कालापानी र लिपुलेक विवाद समाधान गर्न भारत तयार

२०७६ कार्तिक २२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको भारतले नेपालमा त्यसको चर्को विरोध भएपछि कूटनीतिकतवरबाट समाधान खोज्ने स्पष्ट पारेको छ । भारतले नेपालको सीमा नमिचेको दाबी गर्दै समस्या समाधान गर्न भारत तयार रहेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गरे । सीमामा बाँकी केही समस्या समाधान गर्न भारत तयार रहेको उनको भनाइ छ ।

‘नेपालसँग दुईपक्षीय सम्बन्धको मर्ममा अडेर सीमा समस्या समाधान गर्नेछ,’ उनले भनेका छन्, ‘हाम्रो नक्साले भारतको सार्वभौम भूमिमात्र देखाउँछ। नक्सा मिचिएको संकेत छैन।’ उनले दुई देशबीचका सीमा समस्या उच्चस्तरीय संयुक्त आयोगको बैठकबाट समाधान हुन बाँकी रहेको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार