सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय

२०७७ श्रावण ३०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको छ ।

विद्यार्थीको शैक्षिक सत्र खेर नफाल्ने र अनलाइन कक्षाबाट पठनपाठन अगाडि बढाउने निर्णय गर्दै विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टरकोे पठनपाठन गराउने निर्णय लिएको हो । विश्वविद्यालयको प्राज्ञिक परिषद्ले कोरोनाका कारण यसअघि रोकिएका परीक्षा तत्काल हुन नसक्ने अवस्था देखिएपछि यस खालको बाटो खोलेको हो ।

त्रिवि प्राज्ञिक परिषद्का सदस्य तथा व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराम शर्माले सेमेस्टरमा अध्ययनरत सबै सङ्काय र अध्ययन संस्थानका विद्यार्थीको पठनपाठन नरोकिने र शैक्षिक सत्रसमेत खेर नजाने जानकारी दिनुभयो । यसबाट मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन सङ्काय तथा चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान, कृषि, वन अध्ययन संस्थानका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा यो निर्णय लागू हुनेछ । यसबाट विश्वविद्यालयमा अध्ययनरत लाखौँ विद्यार्थीको माथिल्लो कक्षामा अध्ययन गर्ने बाटो खुलेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार