बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर

२०७७ श्रावण २८, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार उनको क्यान्सर चौथो चरणमा पुगिसकेको छ।

यध्यपी केही संचारमाध्यमले भने उनको क्यान्सर तेश्रो चरणमा रहेको समाचार प्रकाशित गरेका छन्।

श्वासप्रश्वासमा समस्या भएपछि शनिबार उपचारका लागि उनी मुम्बईस्थित लीलावती अस्पतालमा अस्पताल भर्ना भएका थिए।

सोमबार उनले अस्पतालबाट डिस्चार्ज लिएका छन् र थप उपचारका लागि अमेरिका जाने बताइएको छ।

दत्तको शरीरमा अक्सिजनको मात्रा ९० देखि ९२ प्रतिशतकोबीचमा तल-माथि भएको हिन्दुस्तान टाइम्सको समाचारमा जनाइएको छ।

परीक्षणमा उनको छातीमा तरलपदार्थ पाइएको समाचारमा उल्लेख छ।

मंगलबार उनले आफूलाई के भएको उल्लेख नगरी केही समय उपचार गर्न कामबाट छुट्टी लिन लागेको जानकारी दिएका छन्।

यसैगरी टाइम्स अफ इण्डियाले दत्त निकट मित्र भन्दै लेखेको समाचारमा उनको क्यान्सर उपचारबाट निको हुने किसिमको भएको जनाएको छ। ती मित्रले यसका लागि शीघ्र र गम्भीर उपचारको आवश्यक्ता पर्ने बताएका छन्।

यस्तै सो समाचारमा संजयले कोरोनाका कारण दुबईमा रोकिन बाध्य भएका आफ्नी पत्नी तथा छोराछोरीलाई लिएर चिन्ता व्यक्त गरेको बताइएको छ।

संजयकी आमा नरगिस दत्तको पनि क्यान्सरबाट नै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार