सञ्चार क्षेत्रको लागि विषेश प्याकेज ल्याउन फोनिजको माग

२०७७ श्रावण २७, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मोरङ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संघीय समितिको अध्यक्ष डण्ड गुरुङले कोरोना भाइरस प्रभावित सञ्चार क्षेत्रका लागि राज्य सरकारले विशेष प्याकेज ल्याउनु पर्ने बताएका छन् ।

साउन २७ गते फोनिजको २१ औं स्थापना दिवस हो । दिवसको अवसरमा मंगलबार ‘जुम प्रविधि’बाट १ नम्बर प्रदेश समितिद्वारा आयोजित ‘कोरोना भाइसरको कारण प्रदेश नम्बर १ मा पत्रकारिता क्षेत्रमा परेको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले सो कुरा बताएका हुन ।

गुरुङले कोरोना भाइरस र लकडाउनको कारण सञ्चार क्षेत्रमा नकारात्मक असर परेपनि राज्यले आवश्यक वास्ता नगरेको बताए । सुरक्षा र स्वास्थ्य कर्ममा खट्ने व्यक्तिहरुलाई सहयोग गरेपनि सञ्चार क्षेत्रलाई तीनै तहको सरकारले खास वास्था नगरेको बताए । देश परिवर्तनको लागि सञ्चार क्षेत्रबाट सरकारको नेतृत्व गरिरहेका नेताहरु भन्दा कम भूमिका नरहेपनि संक्रमणको वेला राज्यकोे विशेष प्याकेज ल्याउनु पर्ने बताएका हुन ।

अध्यक्ष गुरुङले ठूला मिडिया हाउसहरुको कडा रुपमा विरोध गर्दै ‘स्वकल बिग हाउस’ले सञ्चार कर्मी र यो क्षेत्रमा चरम सोशन गरिरहेको आरोप लगाए । ‘बिग’ हाउसकै कारण समानुपातिक विज्ञापन प्रणाली लागू हुन नसकेको आरोप लगाउदै नेपाल पत्रकार महासंघ र आदिबासी पत्रकार महासंघ मिलेर यस विरुद्ध लाग्नु पर्ने बताए ।

केही ब्यक्ति र समूह मिडिया हाउस सञ्चालकलाई बद्नाम गराउन लागि परेको आरोप लगाउदै पत्रकारहरुलाई जुनसुकै प्रकारको समस्या भए उजुरी गर्न र त्यसको लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए । गुरुङले कोरोनाको कारण देश संक्रमणमा फसेको बेला पत्रकार महासंघले सदस्यता शूल्क छुट गर्नुको साथै नवीकरण र नयाँ सदस्यताको लागि आवेदनको मिति बढाइनु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको १ नम्बर प्रदेश समिति अध्यक्ष विक्रम लुइटेलले स्वरोजगार मूलक अनलाइन, टेलिभिजन र एफएम रेडियोको लागि प्रदेश सरकारबाट ५३ लाख बराबरको राहत प्याकेज वितरण गरेको र अव कम्तिमा सय जना पत्रकारको लागि फेलोशिप दिन दाता खोजिरहेको बताए । प्रदेशका पत्रकारहरुमा समस्या भए किटानीको साथ सम्पर्क राखिए तुरुन्त हल गरिने प्रतिवद्धता व्यक्ति गरे । सामाजिक सञ्जाल फेसबुकमा आलोजना र समस्या पोखेर केही नहुने उनको भनाइ थियो ।

अध्यक्ष लुइटेलले प्रदेशमा १० प्रतिशन मात्र सदस्यता नवीकरण भएको तथ्याङ्क दिदै डेराभारा तिर्न, खाद्यन्न, सदस्यता शूल्क तिर्न नसक्ने सदस्यहरु लगायतको पत्रकारहरुलाई समस्या परे महासंघको प्रदेश समिति समाधान गर्न तयार रहेको बताए ।

लुइटेलले प्रदेश सरकारले दिएको राहत प्याकेज पारदर्शी भएकोमा जोड दिदै टिकाउनको लागि मिडिया हाउस मर्जरको प्रयास पनि भइरहेको बताए । कोरोना भाइरसबाट प्रभावित करिव तीन सय पत्रकारहरुको पीसीआर परीक्षण गरिएको उल्लेख गर्दै एक जना कोरोना पोटेटिभ भएर निको भएको र हाल छ भन्दा बढीमा पोजेटिम देखिएको बताए ।

कार्यक्रममा ब्लाष्ट टाइम्स दैनिक पत्रिकाको प्रबन्ध निर्देशक÷सम्पादक किशोर कुमार कार्कीले सरकारले ध्यान नदिए कोरोना भाइरहेको कारण भएको लकडाउनले सञ्चार माध्यम बन्द हुने अवसस्थामा पुगेको बताए ।

लामो लकडाउनको कारण बिज्ञापन लगायतको श्रोत घटेको कारण मिडिया हाउसहरु धारासायी बन्दै गएको कार्कीले बताए । मिडियाको लागि युरोप, अमेरिकातिर सरकारले राहत स्वारुप कार्यक्रम ल्याएपनि नेपालमा कहिबाट केही नभएको प्रबन्धक कार्कीको भनाइ छ ।

मिडिया हाउसहरु बचाउन सस्तो व्याजमा ऋण, स्थानीय तहहरुबाट विज्ञापनको फ्लो बढाउने लगायतको योजना ल्याउनु पर्ने कार्कीले तर्क प्रस्तुत गरे । मिडियाले लोकतन्त्रलाई बचाउन र सरकारले ल्याएको योजना पारदर्शीता कायम गर्न सहयोग गर्ने भएकोले मिडिया बचाउन तीनै तहका सरकारले प्याकेज ल्याउनु पर्ने प्रबन्धक कार्कीले बताए ।

कार्यक्रमको अजेण्डा सार्वजनिक गर्ने क्रममा फोनिज १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईले समाचारको बिषयबस्तु, न्युज रुम र श्रमिकहरु हरेक मिडिया हाउसमा समावेशी हुनुपर्ने बताए । सञ्चार हाउस मात्र नभएर देश नै समावेशी समानुपाति राज्य व्यवस्था गर्नुपर्ने र १ नम्बर प्रदेशको नाम मानवीय पहिचान, इतिहास, भूगोल, सभ्यताको आधारमा हुनुपर्ने बताए ।

कोरोना भाइरसको कारण प्रभावित पत्रकारहरुको लागि फोनिज प्रदेश समितिले स्थानीय तहबाट १५ देखि २५ हजार र प्रदेश सरकारले ५० देखि एक लाखसम्मको लेखन वृति प्रदान गर्न सरकारसँग माग रहेको बताए ।

कार्यक्रममा संघीय सल्लाहकार संजयसन्तोषी राई सहभागि रहेको कार्यक्रममा सचिव मिलन लिम्बू, प्रदेशको सल्लाहकार संयोजक जनकऋषी राई, प्रदेश इन्चार्ज दिपिन राई लगायतले शुभकामना व्यक्ति गरेका थिए । प्रदेश समितिको पदाधिकारी सदस्यहरु, विभिन्न जिल्लाका अध्यक्ष लगायत करिव ५० जना पत्रकारहरु सहभागिता रहेको थियो ।

फोनिज पाँचथर, सुनसरी, धनकुटा, भोजपुर लगायत स्वास्थ्या समाग्रि वितरण तथा शुभकामना आदानप्रदान गरी २१ औं स्थापना दिवस मनाएको प्रदेश महासचिव विदुर खवासले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार