चीनले एघार ठाउँमा सिमाना मिच्दा राष्ट्रवादी सरकार चुप

२०७६ कार्तिक २१, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – भारतले लिपुलेक र कालापानीलाई आफ्नो नयाँ नक्साभित्र राखेको भनेर विरोध भइरहेका बेला चीनले पनि नेपालको उत्तरी सिमानामा ११ ठाउँमा सीमा मिचेको रहस्य बाहिर आएको छ ।

चीनले हुम्ला, रसुवा, सिन्धुपाल्चोक, संखुवासभाका विभिन्न स्थानहरूमा सीमा मिचेको छ । चीनले सिमाना मिच्दा पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीले मिचिएको जमीन फिर्ता गर्ने विषयमा कुनै पहल गरेका छैनन् ।

चीनले हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालमा चार हेक्टर, रसुवाको सन्जेन खोलामा दुई हेक्टर, भुर्जुग खोलामा एक हेक्टर, लेम्दे खोलामा एक हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा सात हेक्टर, भोटेकोशीमा चार हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरुण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको छ ।

चीनसँग जोडिएको उत्तरी नेपालमा पूर्वदेखि पश्चिमसम्म ४३ भन्ज्याङ–नाकाहरू रहेका छन् । ती भन्ज्याङहरूले नेपाल–चीन सीमा नाकाको काम गरेका छन् ।सीमा नाकामध्ये छ वटा व्यापारिक सीमा नाका खुला गरिएका छन् ।

तिब्बत स्वासित चीन क्षेत्रमा सडक सुविधा विस्तार हुँदै गएको सडकको सञ्जाल फिजिदै आएकोले त्यहाँका नदी, खोला पनि नेपाल सीमाभित्र पस्दै आएकोले नेपालको भू–भाग तिब्बततर्फ गइरहेको कृषि मन्त्रालयको नापी शाखाको रिपोर्टमा उल्लेख छ ।

सैकडौं एकड जमीन नेपाली भू–भाग तिब्बतमा सहजै तरिकाले गाभिने रिपोर्टमा उल्लेख छ ।

साभार : मिडियाडबली

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार