नेपालमै पहिलो पटक बराहक्षेत्रबाट सर्पदशंको औषधीको उत्पादनको तयारी

नेपालमा वार्षिकरुपमा औषतमा २० हजार मानिसलाइ सर्पले डस्ने गरेको सरकारी तथ्यांकले देखाएको छ । बार्षिकरुपमा सर्पको डसाइबाट ५ हजार मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् । नेपालमा गर्मी महिना सुरु हुन सा

२०७७ श्रावण २५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
  • संगम बिष्ट/ चतरा

नेपालमा वार्षिकरुपमा औषतमा २० हजार मानिसलाइ सर्पले डस्ने गरेको सरकारी तथ्यांकले देखाएको छ । बार्षिकरुपमा सर्पको डसाइबाट ५ हजार मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् । नेपालमा गर्मी महिना सुरु हुन साथै सर्पको डस्ने घटनाहरुमा वृद्धि हुने पाइएपनि नेपालमा सर्पको बीष मार्ने औषधि उत्पादन भएको छैन् ।

तर अब यो अवस्थाको अन्त्य गर्दे नेपालमै पहिको पटक सुनसरीको बराहक्षेत्र नगरपालिकामा एण्टी स्नेक भेनम सेरम (सर्पको टोकाईविरुद्ध प्रयोग गरिने औषधि) उत्पादनको लागि उद्योगको सञ्चालन गर्ने उद्देश्यसहित तयारी सुरु गरिएको छ ।

बराहक्षेत्रको वडा नं ३ वेलहा मन्दिर नजिकै एन्टि स्नेक भेनेम सेरम रिसर्ज एण्ड मेनुफ्याक्चरिङ्ग प्रालिले सर्पदशंको औषधी उत्पादन गर्ने कार्यमा लागि परिरहेको छ ।
औषधी उत्पादन गर्ने उद्योगको औपचारिक उद्योगको भवनको शिल्यानास प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले २०७४ साल चैत्र ३० गते गरेपनि कानुनी प्रकृया पूरा गर्ने बाध्यताका कारणले केहि महिनादेखि मात्र उद्योगले काम तिब्रगतिमा अगाडि बढाईरहेको छ ।

नेपालमा पहिलो पटक सर्पको विष विरुद्धको औषधि उत्पादन गरी विदेश निर्यातको लक्ष्य राखिएको छ ।
उनले भन्ने हाल नेपालमा सर्पको विष विरुद्धको औषधि भारतबाट आयात हुन्छ । एन्टी स्नेक भेनमको माग विश्वभर छ । उद्योगले वार्षिक १ अर्ब ५० करोड रुपैयाँ बराबर १५ लाख भाइल औषधि उत्पादन गर्नेछ । १५ लाख भाइल औषधि (सेरम) उत्पादन गर्न २ सय घोडा र २ सय सय सर्प आवश्यक पर्छ ।भेनमका लागि कम्पनीले घोडा पालन सुरु गरेको छ।

हाल ४ वडा घोडा रहेको छ भने सर्प संरक्षणको काम पनि भइरहेको प्रालिका अध्यक्ष फुयाँल बताउँछन् ।घोडा नेपालको जुम्ला तथा अन्य विभिन्न ठाँउबाट ल्याउने र सर्प भने आफैँ संरक्षण र उत्पादन गर्ने तयारी कम्पनीको छ । उद्योग सञ्चालनमा आएपछि ४ सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।विश्व बजारमा माग उच्च रहेको उद्योग र अनुसन्धान केन्द्र नेपालमा सञ्चालन हुनु देशका लागि गौरभको विषय भएकाले सरकार , विभिन्न संघ संस्था, सरोकारवाला निकाययलाइ आ–आफ्नो तबरले सहयोगको अपेक्षा समेत गरिरहेको प्रालिका अध्यक्ष फुयालले बताए ।

बिषालु सर्पले डसेको एक जना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ । नेपालका सबै क्षेत्रका लागि आवश्यकता अनुसार वार्षिक दस लाखसम्म भायल एन्टी भेनम आवश्यक पर्ने प्रालिका अध्यक्ष फूयँलको दावी छ ।

भारतले पनि अहिले नेपाललाई पर्याप्त भायल एन्टी भेनम दिँदैन,उनले भने, अब हामीले जब उत्पादन सुरु गछौं अनि गाउँपालिका र नगरपालिका स्तरसम्म सर्पदंशउपचार केन्द्र खोल्न सचेतनामूलक कार्यक्रम लिएर हिड्नेछौँ ।
सर्पले टोकेका बिरामी बचाउन एन्टी स्नेक भेनम औषधि बनाउन सर्पको बिष घोडामा सारेपछि बनाउन सकिन्छ । जसका लागि सर्प र घोडा पाल्नसँगै आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नका लागि आठ विघा जग्गा प्रयोगमा ल्याइनेछ । प्रालिका अध्यक्ष फूयाँलले भन्ने २०७४ सालकै चेत्रमा नै उद्योगको शिल्यानास भए पनि कानुनी र अन्य बाधाले गर्दा ढिलाई हुन गएको बताए ।

कसरी बन्छ एन्टी स्नेक भेनम ?

एन्टी स्नेक भेनम निर्माणका लागि सर्पको मुखबाट विष निकालिन्छ । विषलाई सुइको माध्यमबाट घोडाको रगतमा प्रवाह गरिन्छ ।घोडाको शरीरमा विष प्रवाह हुँदा घोडाले एन्टीबडी उत्पादन गर्छ । विष प्रयोग गरेको एक महिनापछि घोडाले एन्टीबडी तयार गर्छ ।

एक महिनापछि एन्टीबडी मापन पछि घोडालाई रक्तदान गराइन्छ । घोडाबाट निकालिएको निश्चित रगतलाई प्रशोधन गरेर सर्पको विषविरुद्धको औषधि एण्टी स्नेक भेनम बन्छ ।यो प्रकृयामा सर्प र घोडा दुवै स्वस्थ्य हुने प्रालिका अध्यक्ष फूयाँल बताउछँन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार