कार्यकतामा कोराना संक्रमण देखिएपछि नेकपा कार्यालय सिल

ती कोरोना संक्रमण पुष्टि भएका कार्यकर्ता कार्यालयमा आउने-जाने भएकाले ७२ घन्टाका लागि कार्यालय सिल गरिएको पार्टी कार्यलय सचिव वालकृष्ण पाण्डेयले रातोपाटीलाई बताए ।

२०७७ श्रावण २५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल – नेकपाको बुटवलस्थित प्रदेश ५ कार्यालय आजदेखि तिन दिनको लागि सिल गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नं. १३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि ७२ घण्टाको लागि कार्यालय सिल गरिएको हो ।

ती कोरोना संक्रमण पुष्टि भएका कार्यकर्ता कार्यालयमा आउने-जाने भएकाले ७२ घन्टाका लागि कार्यालय सिल गरिएको पार्टी कार्यलय सचिव वालकृष्ण पाण्डेयले रातोपाटीलाई बताए ।

उनका अनुसार संक्रमित व्यक्ति पछिल्ला १० दिनमा दुई पटक कार्यालयमा गएका थिए। सोही बीचमा पार्टी कार्यालयमा दूरी कायम गरेको भए पनि बैकठ समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार