sajalsandesh

भारतीय राजदूतलाई देउवाको फोन : कालापानी र लिपुलेक नेपाली भूमि हो

काठमाडौं – नेपाली काँग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको बताएको छ । नेपाली काँग्रेसले बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपालको कुनै पनि भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण आफ्नो लागि अस्वीकार्य रहेको उल्लेख गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा पार्टी सभापति शेरबहादुर देउवाले यस विषयमा बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसंग टेलिफोन सम्वाद गर्नु भएको उल्लेख गरिएको ।

नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै सभापति देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराउनु भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तो महत्वपूर्ण विषयमा दल विशेषको मत भन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ismt college
dish home