केरल विमान दुर्घटना : दुई पाइलटसहित १७ को मृत्यु, कम्तीमा १६० घाइते

२०७७ श्रावण २४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारतको केरलमा शुक्रबार भएको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। चार जना भने सुरक्षित रहेको एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

keralbi

विज्ञप्तिअनुसार एयर इन्डिया एक्सप्रेसको विमान दुबईबाट आइरहेको थियो। विमानमा चालक दलका सदस्यसमेत १९० जना थिए। यात्रुमध्ये १० बच्चा पनि थिए।

नागरिक उडड्यनमन्त्री हरदीप सिंह पुरीले ट्विट गरेर दुर्घटनाका लागि दुइटा समिति गठन गरिएको जानकारी दिएका छन्। एउटा एयर इन्डिया एक्सप्रेसको र अर्काे एयरपोर्ट्स अथोरिटी अफ इन्डियाको।

मलपुरमका आईजीपी अशोक यादवले बीबीसीसँग भनेका छन्, ‘करिब १६० घाइतेलाई फरक-फरक अस्पतालमा भर्ना गरिएको छ, यसमध्ये २०–२५ यात्रु गम्भीर अवस्थामा छन्।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार