sajalsandesh

भारतले भन्यो- नयाँ नक्सामा नेपालको भूमि मिचिएको छैन

काठमाडौँ – भारतले हालै सार्वजनिक गरिएको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भू्मि नमिचिएको दावी गरेको छ ।

भारतले कालापानी क्षेत्रको नेपाली भूमि मिचेको भन्दै नेपालमा व्यापक विरोध भइरहेको बेला उसले नक्सा ठीक भएको दाबी गरेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको बताए । ‘नयाँ नक्साले कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन गरिएको छैन’, उनले भने ।

ismt college
dish home