sajalsandesh

इटहरी पाँच दिनका लागि लकडाउन

इटहरी – कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति इटहरी उपमहानगर स्तरीय आकस्मिक बैठकले इटहरी उपमहानगरपालिकामा भरे राति १२ बजे देखि लागु हुने गरी पाँच दिन लकडाउन गर्ने निर्णय भएको छ ।

इटहरीमा समुदाय स्तरमा कोरोना सङ्क्रमण भएको भन्दै लकडाउन घोषणा गरिएको इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक लीलाराज भट्टराईले जानकारी दिएका छन् ।

ismt college
dish home