दैनिक राशिफल :२०७७ साल साउन १९ गते सोमबार

२०७७ श्रावण १८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

२०७७ साल साउन १९ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सवारी साधन चलाउँदा संयमित रहनुहोला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला, आजको शुभ अंक २ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – भाग्यले साथ दिनेछ,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – विशिष्ट नयाँ काम गर्ने मौका छ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला, किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ३ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – व्यावसायिक काममा खर्च बढ्नेछ,झुटा आरोप पनि लाग्नेछन्,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, मानसम्मान मिल्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ , खानपिनमा सजग रहनु होला,आजको शुभ अंक ५ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,विश्वास जित्नै अघि बढ्न सकिने छ, आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,अलंकार आदि उपहार पाइने योग छ, आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– नाक तथा घाँटीमा समस्या आउला ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – अप्रिय समाचारले दुःखी बनाउन सक्छ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्, आजको शुभ अंक ६ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अधुरा काम सम्पादन गर्न सकिनेछ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आफन्त बीच अविश्वास बढ्ला, आजको शुभ अंक १ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार