“एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

नेपाली कांग्रेस नगर समितिले माग गरेको छ ।

२०७७ श्रावण १८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
  • संगम बिष्ट / चतरा

बराहक्षेत्र नगरपालिका “एक परिवार एक नमुना पि.सि.आर. परिक्षण गर्ने व्यवस्थापनको प्रवन्ध मिलाउन नेपाली कांग्रेस बराहक्षेत्र नगर समितिले माग गरेको छ ।

अवैज्ञानिक रुपमा नेपाल सरकारले आवश्यक तयारी बिनानै लकडाउन खुकुलो बनाएको ठहरसहित नेपाली कांग्रेस नगर कार्य समितिले आज (आइतवार) प्रेस बिज्ञप्ती मार्फत एक परिवार एक नमूना पि.सि.आर. परीक्षण गराउन माग गरेको हो ।

बराहक्षेत्रमा कोरोना संक्रमित भएको पुष्टि भए लगतै नगर कार्य समितिका प्रवक्ता जगदबहादुर कार्कीको हस्ताक्षर रहेको बिज्ञप्तीमा भनिएको छ “ बैज्ञानिक रुपले आवश्यक तयारि बिना नै लकडाउन हटाएसंगै कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा दिनप्रतिदिन झनझनै फलिएको संर्वबिधितै छ । यसै संन्दर्भमा वराहक्षेत्र नगरपालिकामा एक ब्यसायि पनि कोरोना संक्रमित रहेको पुष्टि भए पश्चात् बराहक्षेत्र नगरमा पनि समुदाय स्तरमा कोरोना भाइरस फैलिएको आशंका पैदा भएको छ ।

प्रयाप्त पि.सि.आर. परिक्षणको कमी आवश्यक स्वास्थ्य सजकताको अभावका कारण कोरोना संन्त्रास दिनप्रतिदिन समुदाय स्तरमा बढ्दोक्रममा रहेको अवस्थालाइ मध्येनजर गर्दै आम बराहक्षेत्र नगरवासीहरुलाइ कोरोना संक्रमणबाट वचन आवश्यक स्वास्थ्य सुरक्षा प्रणाली अपनाई सजकता अपनाउन हार्दिक अनुरोध गर्दछौ ।
आम जनताको जिउधनको सुरक्षा एवम् स्वास्थ रुपमा जीवन यापन गर्न पाउने नैसकिक हकका पक्षमा नेपाली कांग्रेस वराहक्षेत्र सधै रहेको जानकारी गराउदा छौ ।

कोरोना भाइरसको संन्त्रासबाट आम वराहक्षेत्र नगरवासीलाइ सुरक्षित राख्न विश्व स्वास्थ्य संगठनका मापदण्डहरु पुुरा गर्दै प्रभावकारी रुपमा स्वास्थ्य सुरक्षा प्रणाली अबलम्बन गर्नुको बिकल्प नभएको त्यसतर्फ यथासक्य प्रभावकारी कदमहरु चाल्न सम्बन्धत निकाय वराहक्षेत्र नगरपालिको गम्भीर रुपमा ध्यानआक्रषण गराउन चाहन्छौ ।

कोरोना भाइरसको थप संक्रमण फैँलन नदिन साथै मानविय क्षति हुन नदिन यथासिघ्र सम्बन्धित निकास तथा वराहक्षेत्र नगरपालिकालाइ बैज्ञानिक तवरले सिल गरि वराहक्षेत्र नगरपालिका भरिमा एक परिवार एक नमुना पिसिआर परिक्षण व्यवस्थाको प्रवन्ध चाडै मिलाउ नेपाली काग्रेस वराहक्षेत्र नगर समिति जोडदार माग गर्दछ ।

विषम परिस्थितिबाट आफु र अरुलाइ बचाउन चिकित्सा बिज्ञानले सुक्षाव दिएको उपायहरु अवलम्बन गर्दै समुदायमा प्राबिधिकको साहयताले आवश्यक जनचेतना जगाउने कार्यमा सक्रिय हुन बराहक्षेत्र नगरमा रहेका नेपाली कांग्रेस संम्वध भातृ तथा सुभेच्छुक संघ संस्थाहरुमा आवद्ध सम्पूर्ण तह र तप्काका साथिहरुमा साथै वराहक्षेत्र नगरवासीमा नेपालि कांग्रेस वराहक्षेत्र नगर कार्य समिति हार्दिक अपिल गर्दछ ।

बराहक्षेत्रमा गत बिहिवार ४१ जना व्यवसायिहरुको कोरोना परीक्षण गर्दा आईतबार चक्रघटिमा व्यवसाय गर्ने नम्बर ८ घर भएका एक पुरुषलाई कोरोना पोजेटिभ पुष्टि आज आइतवार बिहान भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार