सञ्चार क्लबद्वारा ४ पत्रकार पुरस्कृत

२०७७ श्रावण १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

उर्लाबारी – मोरङको उर्लाबारीमा रहेको सञ्चार क्लब नेपालको १७ औं बार्षिक साधारणसभाको अवसरमा ४ जना पत्रकार पुरस्कृत भएका छन ।

साधारणसभाको अवसरमा लिला–गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार तेजन खड्का र विजय धिमाललाई प्रदान गरिएको छ ।

त्यस्तै, दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार उर्लाबारीका पत्रकार नवराज भट्टराई र पथरीकी पत्रकार एलिना दियालीलाई प्रदान गरिएको छ । पुरस्कारको राशी नगद ५ हजार रुपैया रहेको छ ।

पुरस्कृत पत्रकारलाई कार्यक्रममा प्रमुख अतिथी उर्लाबारी नगरपालिका प्रमुख मेयर खड्ग फागो, बिशिस्ट अतिथी मिक्लाजुङ गाउँपालिका प्रमुख देबि आचार्यले दोसल्ला ओडाएर सम्मानपत्र वितरण गर्नुभयो ।

सोहि अबसरमा क्लबले मेयर फागोलाई सम्मान गरेको छ ।

२०६० सालमा स्थापनामा भएको उक्त क्लबमा ४५ जना पूर्वी मोरङका सक्रिय पत्रकारहरु आबद्ध रहेको छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार