सुनकाे भाउ आज ५ सयले बढ्याे, तोलाकाे ९९ हजार

२०७७ श्रावण १५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा आज सुनकाे मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेकाे छ।

हिजाे बुधबार ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन ५ सय रुपैयाँ बढेर आज बजार खुल्नेबित्तिकै प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको हाे।

तेजाबी सुनको हकमा भने प्रतिताेला ९८ हजार ५ सय ६० रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। एकतोला चाँदीको मूल्य आज १ हजार २ सय २५ निर्धारण भएको छ ।

हिजाे बुधबार एक ताेला चाँदीकाे १ हजार २ सय ४५ मा काराेबार भएकाे थियाे।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १९६२।१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१।६०डलरमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार