इटहरी उपमहानगरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण १५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इटहरी – सुनसरीको इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी अस्पतालमा पठाइएको थियो । पठाइएको मध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

रिपोर्ट पोजेटिभ आएपछि केही बेरमा उपमहानरको आकस्मिक बैठक बस्ने तयारी भइरहेको छ । इटहरीलाई लकडाउन गर्ने, नगर्ने बैठकले निर्णय गर्ने उपमेयर गौतमले बताईन् ।

दिनप्रतिदिन समुदायमा कोरोना संक्रमण देखिन थालेपछि इटहरीलाई लकडाउन घोषणा गर्नुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । इटहरीमा पनि पछिल्लो घटनालाई हेर्दा समुदायमा नै कोरोना देखिएकाे भन्दै इटहरीभित्र लकडाउन गरी स्वाब परीक्षण गर्नुपर्ने इटहरी अस्पताल इमरजेन्सी शाखा प्रमुख डाक्टर राम कुमार धमलाले सुझाव दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार