sajalsandesh

नेपाली वैज्ञानिक रश्मि साह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित

अमेरिका – नेपालको धनुषा जिल्लामा जन्मिएकी डाक्टर रश्मि साह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छन् । हाल अमेरिकामा रहेकी साहलाई नासाले अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडलबाट सम्मानित गरेको हो ।

साह नासाको जेट प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिष्टका रूपमा कार्यरत छिन् । सन् २०१४ मा पर्ड्यु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् ।

नासाका कुनै कर्मचारीले नासामा आबद्ध भएको पहिलो १० वर्षमा नासाको मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गर्ने गरिन्छ । साहले नासामा आबद्ध भएको ५ वर्षमै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् ।

ismt college
dish home